News Category 2073/07/29

विभिन्न मुद्दामा फरार तीन पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक । 
अदालतबाट कैद भुक्तान भएका बिभिन्न मुद्दाका फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा वन सम्बन्धि मुद्दाका फरार दुई सप्तकोशी नगरपालिका ४ बस्ने बलराम थापा र झापा गौरादह घर भई सोही ठाउँ बस्ने पदम प्रसाद बास्तोला रहेका छन् तथा चोरी मुद्दाका सप्तरी काचन गाविस ७ बस्ने नागेन्द्र यादव रहेको प्रहरीले जनाएको छ । 
उनीहरुलाई इलाका प्रहरी कार्यालय कंचनपुर र बोदेबर्सानबाट खटिएको टोलीले आइतबार विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
पक्राउ परेका थापा र बास्तोला उपर जिल्ला अदालत सप्तरीबाट ४३ दिन तथा यादव उपर ४ दिन कैद र ५४ हजार रुपैया जरिवाना सजाय तोकिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट