News Category 2073/07/30

आगलागीबाट पाँच लाख बढीको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक । 
सप्तरीको दुई गाविसमा भएको आगलागिमा ५ लाख ५० हजार बराबरको क्षति भएको छ ।  सप्तरीको को.बर्साईन गाविसमा आगलागि हुँदा नगदसहित करिब ४ लाख ५० हजार बराबरको क्षति भएको छ । 
सो गाविस वडा नं. ५ बस्ने चैता खंगको घरको पुजा कोठामा बालेको बत्तीबाट अचानक आगलागि हुँदा निजको घर र भित्र रहेका फर्निचर, लताकपडा, भाडाबर्तन तथा छिमेकी सीता खंगको घर र भित्र रहेका फर्निचर, लताकपडा, भाडाबर्तनर र नगद २० हजार समेत गरि ४ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
सो आगलागि प्रहरी चौकी को. बर्साईनबाट खटेको टोली र स्थानिय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यसैगरि जिल्लाको काचन गाबिस वडा नं ८ बस्ने सुखित ओछारको घरमा बिद्युत लाईन सर्ट भई आगलागी हुदा घर र भित्र रहेका फर्निचर, लताकपडा, भाडाबर्तन जलेर नष्ट हसँदा ७५ हजार बराबरको क्षति भएको छ । 
प्रहरी चौकी काचनबाट गएको टोली र स्थानिय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट