News Category 2073/08/02

सवारी दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ मंसिर । 
सप्तरी र सिरहामा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 
सप्तरीको खोजपुर ८ मा बा.६ च.२०४६ नम्बरको हाईलेक्स गाडीले को २४ प ६२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ अमरदह ९  २८ बर्षिय तिलचन गनगाईको मृत्यु भएको छ । 
ठक्करबाट गम्भिर घाइते भएका गनगाईको उपचारका लागी लैजाने क्रममा मृत्यु भएको हो । दुर्घटनामा हाईलेक्स चालक काठमाण्डौ बल्खु का ४५ बर्षिय ईन्द्र बहादुर कट्वाल समेत गम्भिर घाइते भएका छन् । 
घाइते कट्वाललाई उपचारकोलागी राउ स्मारक अस्पताल लहान लगिएकोमा उपचार हुन नसकेपछी थप उपचारका लागी काठमाडौं लगिएको छ । 
यता सिरहाको लहान ३ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.५ ख. १४४० नम्बरको बसको ठक्करबाट भारत दरभंगा घर भई लहानस्थित आँखा अस्पताल उपचारार्थ ६० बर्षिय सुकदेव सहनी घाइते भएका छन् । 
घाइते सुकदेवको लहान स्थित राउ स्मारक अस्पताल लहानमा उपचार भइरहेको छ भने ठक्कर दिने बसका चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट