News Category 2073/08/03

पीडित परिवारलाई कुनै धम्कि दिइएको छैन् ः पीडक परिवार

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
सप्तरीमा एक ९ वर्षिया मुस्लिम नाबालिकासँग ६० वर्षिय एक बृद्धले जबरजस्तिकरणीको प्रयास गरेको घटनाप्रति पीडक पक्षले आपत्ति जनाएका छन् । 
राजविराजमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि पीडक पक्षले घटना बारे प्रहरीले अनुसन्धानका लागि पीडकलाई नियन्त्रणमा लिइसकेको अवस्थामा आफूहरुले पीडितलाई विभिन्न धम्की दिएको कुरा निराधार भएको दाबी गरेका छन् । 
अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका पीडक जमाल मियाँका भाईले आफूहरुले कसैलाई धम्की तथा कुनै अमानविय व्यवहार नगरेको दाबी गर्नुभयो । 
पीडित पक्षले आफुहरुको मानसम्मानलाई खुलेआम बेइज्जत गरिरहेको भन्दै त्यस्ता कार्य नगर्न गराउन सम्बन्धित पक्षलाई अनुरोध समेत गर्नुभयो । घटना सम्बन्धि समाजमा कुनै प्रकारको छलफल नै नभएको दाबी गर्दै भन्नुभयो, “समाजमा छलफल भएको भए घटनाको क्रममा यस्ता निराधार कुराहरु बाहिर आउदैन थियो ।” 
यता जिल्ला प्रहरी कार्यालय सप्तरीले जबरजस्तिकरणी गर्न खोज्ने जमालमाथी थप अनुसन्धान सुरु गरिसकेको छ भने पीडित परिवारको सुरक्षाका लागि स्थानीय प्रहरीलाई निर्देशन दिइसकेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट