News Category 2073/08/03

फोरमको अभियान दोश्रो दिन राजविराजमा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
घर घरमा फोरम जनजनमा फोरम अभियानको दोस्रो दिन बिहीबार सप्तरी क्षेत्र नं. ३ स्थित राजविराज नगरपालिका वडा नं. ७ शान्तिटोलमा कार्यक्रम गरेको छ । 
संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य एवं अभियानका संयोजक शैलेन्द्रप्रसाद साहको नेतृत्वमा जिल्ला सहसचिव उपेन्द्र साह, सदस्य सुनिता साह, क्षेत्रिय अध्यक्ष नवनित झा, नगर सचिव खेलानन्द यादव, युवा अध्यक्ष विशाल यादव लगायतको कार्यक्रममा उपस्थिति थियो ।
अभियानका क्रममा स्थानियवासीद्वारा बाटो, नालाका कारण दिनहु जनजिवन कष्टकर बन्दै गएको र सम्बन्धित निकायले वेवास्ता गरेको गुनासो गरेका छन् ।
सोही कार्यक्रमामा ५५ जनाले पार्टीका अधारभुत सदस्यता लिएको तथा उनीहरुलाई अविर र प्रमाणपत्र वितरण गरिएको क्षेत्रिय अध्यक्ष नवनित झाले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट