News Category 2073/08/03

तमलोपा सप्तरीले सुरु ग¥यो सदस्यता वितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ मंसिर । 
तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरीले बिहीबारदेखी सदस्यता वितरण अभियान सुरु गरेको छ । 
तमलोपा सप्तरीले विहीवार राजविराज नगरपालिका २ स्थित निम्न माध्यमिक विद्यालयबाट शुभारम्भ गरेको जनाएको छ ।
अभियानका क्रममा डा. अवधकिशोर सिंहको अध्यक्षतामा तमलोपाको जनवर्गीय संगठन लोकतान्त्रिक वौद्धिक संघको जिल्ला समिति गठन गरेको छ । 
गठित समितिको उपाध्यक्षमा डा. जयप्रकाश देव, दिवाकर मिश्र र देवनारायण यादव रहनु भएको छ भने समितिको महासचिवमा उपेन्द्र यादव, सचिवमा कुमार पाठक, सह–सचिवमा उत्तमलाल साह र कोषाध्यक्षमा गंगालाल दासलाई चयन गरिएको छ । 
यस्तै समितिको सदस्यहरुमा बबन कुमार मिश्र, विकास कुमार मिश्र र रिमा ठाकुर रहनुभएको  छ भने समितिलाई क्रमशः विस्तार गर्दै लगिने पार्टीका केन्द्रीय सदस्य प्रा.अमरकान्त झाले जानकारी दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवं सप्तरीका प्रभारी डा. सुरेन्द्र कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु विजय यादव, कुमारनाथ मिश्र, साधना झा, जिल्ला अध्यक्ष रामप्रित यादवलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट