News Category 2073/08/04

न्यायपालिका पनि भ्रष्टाचारबाट अछुतो छैन ः प्रधान न्यायाधिश कार्की

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ मंसिर । 
प्रधान न्यायधिश शुशिला कार्कीले न्यायपालिका पनि भ्रष्टाचारबाट अछुतो नरहेको टिप्पणी गर्नुभएको छ । 
शुक्रबार उच्च अदालत जनकपुर राजविराज इजलासको निरिक्षण गर्ने क्रममा पत्रकारहरुसँग भेटघाटका क्रममा उहाँले सो टिप्पणी गर्नुभएको हो । 
उहाँले घुस लिने र दिने दुबै व्यक्ति दोषि रहेकोले कुनै न्यायाधिशले घुस लिएको कुरा हावाको तालमा उडाउनुले सिंगो न्यायपालिका दोषि नहुने बताउनुभयो । 
न्यायपालिकामा पनि समानुपातिक समावेशी हुनु आवश्यक रहेको तर, महिलाहरु पनि न्यायपालिकामा प्रवेश गर्न जागरुक बन्नुपर्नेमा जोड दिनुभयो । छोरी बुहारीलाई घुमटो ओढाएर घरमा बसालेर नपढाउनु र समावेशीको कुरा उठाउने कुरा न्यायसंगत नरहेको बताउनुभयो ।
आदालतले कुनै पनि मुद्दा राजनीतिक आस्थबाट प्रेरित नभएर मुद्दा फच्र्छौट गरिरहेको दाबी गर्दै प्रधान न्यायाधिस कार्कीले मुद्दाको विषय र सैद्धान्तिक आधारमा फैसला हुने गरेको जिकिर गर्नुभयो । प्रधान न्यायाधीस कार्कीले अदालतमा सेवाग्रहीहरुको मुद्दा छिटो, छरितो र न्यायपूर्ण तरिकाले फच्र्छाैट गर्न आफूहरु लागिपरेको बताउनु भयो ।
कुनै पनि मानिस न्यायालयमा प्रवेश गरिसकेपछि उँ कुनै राजनीतिक आस्थबाट प्रेरित छ भने त्यो चाहिँ त्याग्नु पर्ने उहाँको भनाई छ । अदालतमा दुई पक्षबीचको तालमेल नमिल्ने तथा कागजातहरु कमी रहेको कारणले पनि मुद्दा फच्र्छौटमा ढिलाई हुने गरेको उहाँको तर्क छ । 
यसअघि प्रधान न्यायाधिश कार्कीलाई प्रहरीको एक टुक्रिले सलामी चढाएको थियो । यसअघि प्रधान न्यायधिश कार्की प्रसिद्ध छिन्नमस्ता शक्तिपीठमा पुजाआजा गर्नुभएको थियो । शुक्रबारै उहाँले जिल्ला अदालत सप्तरी र सिरहा, उच्च अदालत जनकपुर इजलास राजविराजले गरेको गतिविधीहरुको जानकारी दिने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि हुनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट