News Category 2073/08/06

आगलागीबाट २४ लाखको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 
सप्तरीको मलेठ गाबिसमा आइतबार बिहान आगलागि हुँदा करिब रु २४ लाख बराबरको क्षति भएको छ । 
मलेठ गाविस वडा नं ५ बस्ने मुलकी यादवको गाई गोठमा लामखुट्टे धपाउनको लागी बालिएको घुरबाट आचानक सल्केको आगलागीले निजको एउटा भान्सा कोठा र गाईगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
त्यस्तै निजको छोरा रामजी यादवको समेत १ तल्ले घर र छमेकी विष्णु देव यादवको एउटा गरि जम्मा ३ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
आगलागीबाट अन्नपान, भाडा बर्तन, लत्ताकपडा र नगद जिन्सी गरि करिब रु २४ लाख मुल्य बराबरको क्षति भएको प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले बताउनुभयो । 
आगोलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट गएको टोली र स्थानिय बासिन्दाले नियन्त्रणमा लिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट