News Category 2073/08/07

आगलागीबाट तीन लाख बढीको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ मंसिर । 
सप्तरी बभनगामाकट्टी गाविस ४ स्थित लक्ष्मण यादवको घरमा सोमबार बिहान आगलागी हूँदा तीन लाख बढीको क्षति भएको छ ।
यादवको पूजा कोठामा बालेको दियोबाट बिहान ४ बजे अचानक आगलागी भएको हो । आगलागीबाट यादवको फुसले घर, सोही घरसंग टाँसिएको घुम्ती १ तथा पसलको समानहरु जल्दा तीन लाख चौवालिस हजार बराबरको क्षति भएको बताईएको छ । आगो स्थानीय प्रहरी र गाउँलेको सहयोगमा बिहान साढे पाँच बजे नियन्त्रणमा आएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट