News Category 2073/08/08

पत्रकार र यूवाद्वारा एसपी ढकाललाई सम्मान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ मंसिर । 
सरुवा भएर जान लाग्नु भएका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख (एसपी) भीम प्रसाद ढकाललाई मंगलबार नेपाल पत्रकार महासंघ सप्तरीले सम्मान तथा सोही दिन सप्तरीका युवाहरुले विदाई गरेका छन् । 
जिल्ला प्रहरी कार्यालय क स्सप्तरीमा एक कार्यक्रमको आयोजना गरी पत्रकार महासंघका पूर्व अध्यक्ष बैजनाथ झा र धिरेन्द्र प्रसाद साहले फुलमाला अबिर लगाई सम्मान गर्नुभयो । 
सो कार्यक्रममा प्रहरी नायब उपरिक्षक दान बहादुर कार्की, वरिष्ठ पत्रकार अनिल कुमार अनल, बैजनाथ झा, गणेशलाल देव, महासंघका कार्यवाहक अध्यक्ष श्रवण कुमार देव लगायतको उपस्थिति रहेको थियो । 
यस्तै युवाहरुले सोही दिन विदाई सहित सम्मान गरेको छ । सप्तरी युथ नेपालले आयोजना गरेको विदाई तथा सम्मान कार्यक्रममा एसपी ढकाललाई खादा ओढाएर प्रशंसा पत्र र मायाको चिनो प्रदान गरेका छन् । 
सप्तरी युथ नेपालका संयोजक श्रवणकुमार देवले एसपी ढकाललाई खादा ओढाएर मायाको चिनो र प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै एसपी ढकालले आफू जहाँ गएपनि सप्तरीका युवाहरुले शुरु गरेको सकारात्मक कामहरुलाई कहिल्यै नबिर्सने बताउँदै उहाँले आफू गएको ठाउँमा पनि युवाहरुलाई अगाडि बढाउने किसिमको कामहरु गर्ने बताउनुभयो । 
जिल्लाको शान्ति, सुरक्षा लगायत बिभिन्न गतिविधीमा युवाहरुले सघाएको योगदानको प्रसंसा गर्दै युवाहरुलाई साथ र सहयोग दिन यहाँका प्रहरीलाई निर्देशन समेत दिनुभयो ।
सो सम्मान कार्यक्रममा सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्की, सप्तरी युथ नेपालका अर्थ संयोजक बिष्णु यादव, सरसफाई इन्चार्ज मोहन यादव, व्यवस्थापन संयोजक बिरेन्द्र मण्डलसहितका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 
एसपी ढकालको क्षेत्रिय प्रहरी कार्यालय रानी बिराटनगर सरुवा भएको छ । उहाँको स्थानमा नयाँ एसपी दिवेश लोहनी आउँदै हुनुहुन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट