News Category 2073/08/12

योग गुरु रामदेवबाट छिन्नमस्ता भगवतीको पुजापाठ, पशुबलि नचढाउन आग्रह

दैनिक समाचारदाता

राजविराज÷लक्षचण्डी रुद्र महायज्ञको पूर्व सन्ध्यामा संसारकै प्रसिद्ध योग गुरु स्वामी रामदेवले शनिबार मुलुककै प्रसिद्ध सप्तरीको छिन्नमस्ता शक्तिपीठमा पुजापाठ गर्नुभएको छ । उहाँसँगै पंतजली योग पीठका आचार्य बालकृष्ण र नेपाली उद्योगी डा. उपेन्द्र महतो समेत आउनु भएको छ । 
बिहान ११ बजे पुजापाठ गर्ने समय रहेपनि तोकिएको समय भदा साढे तीन घण्टा ढिलो सेनाको हेलिकप्टरबाट छिन्नमस्ता शक्तिपीठ आउनु भएका स्वामी रामदेवलाई हेर्न हजारौं जनताहरुको भिंड लागेको थियो । सप्तरी लगायत छिमेकी जिल्ला लगायत भारतीय सीमावर्ती क्षेत्रबाट समेत ठूलो संख्यामा जनसागर ओर्लेको थियो । 
हेलिकप्टबाट ओर्लेर जनताको अभिनन्दन स्विकार्दै स्वामी रामदेव छिन्नमस्ता भगवतीको पुजापाठ गर्नुभएको थियो । पुजापाठ पश्चात् उहाँ नागरिक अभिनन्दन सभालाई सम्बोधन समेत गर्नुभयो । 
सम्बोधन गर्दै उहाँले पशुबलीले समाज र मानवशरीर समेतलाई हानी पु¥याइरहेको भन्दै शक्तिपीठमा पशुबली नचढाउन आग्रह गर्नुभयो । उहाँको आग्रहलाई त्यहा उपस्थिति ठूलो जनसागरले सहज रुपमा स्विकार गरेका थिए । 
यस्तै सोही नागरिक अभिनन्दन कार्यक्रममै उहाका समकक्षी आचार्य बालकृष्णले छिन्नमस्ता शक्तिपीठलाई भारतीय रु. ५ लाख तथा शक्तिपीठका पीठाधिश महाकान्त ठाकुरलाई रु. १ लाख भारतीय रुँपैया दिने घोषणा गर्नुभयो । 
विश्वमा शन्तिको कामना गर्दै उक्त लक्षचण्डी रुद्र महायज्ञ छिन्नमस्ता शक्तिपीठमा आगामी चैतमा हुदैछ । यसअघि सो महायज्ञको हवन स्थलको राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यस गरिसक्नु भएको छ भने प्रधानन्यायधिश शुसिला कार्कीले समेत उक्त मन्दिरमा पुजापाठ गर्नुभएको थियो । 
यसैबीच शक्तिपीठका पीठाधिश महाकान्त ठाकुरले आगमी चैत महिनामा हुन लागेको लक्षचण्डी महायज्ञको उद्घाटन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ल्याउने आन्तरिक तयारी भइरहेको संचारकर्मीहरुलाई जानकारी दिनुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट