News Category 2073/08/13

संचारकर्मीलाई दुरव्यवहार गर्नेलाई मोर्चाद्वारा कारवाहीको माग प्रहरी र जिविसको अन्तरक्रिया र बैठक बहिष्कार

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ मंसिर । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले जिल्लाको छिन्नमस्ता मन्दिरमा सप्तरीको प्रहरी उपरिक्षक दिवेश लोहनी संचारकर्मीलाई गरेको दुरव्यबहारको भत्र्सना गरेको छ । 
आइतबार मोर्चाको सम्पन्न बैठकले सो कार्यको भत्र्सना गर्दै दोषिलाई कारवाहीको माग गरेको छ । यस्तै मोर्चाले जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार गर्ने परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई समेत बहिष्कार गर्ने घोषणा गरेको छ । 
यस्तै बैठकले जिल्ला विकास समितिको आयोजनामा मंगलबार गरिने स्थानिय पुर्नसंरचना सम्बन्धि बैठक समेत बहिष्कार गरेको उल्लेख छ । 
यसैगरी सोही बैठकले गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा अनसनमा बसेका अनसनकारीसँग अविलम्ब वार्ता गरि समस्याको समाधान गर्न माग गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट