News Category 2073/08/14

दर्ता हुनु अगावै संविधान संशोधन प्रस्तावको समर्थन गर्न मिल्दैन्

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ मंसिर । 
संघीय गठवन्धनले दर्ता हुनु अगावै संविधान संशोधन प्रस्तावको समर्थन गर्न नसकिने बताएको छ । गठबन्धनले संशोधन दर्ता नभए आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।
संघीय समाजवादी फोरमको कार्यालयमा सोमबार बसेको गठवन्धनको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । बैठकमा गठवन्धनका नेताहरुले सरकारप्रति विश्वास घट्दै गएको र, आन्दोलनको विकल्प नभएको बताएका छन् ।
गठवन्धनका संयोजक एवं फोरम अध्यक्ष उपेन्द्र यादवले सरकार र सत्तारुढ दलहरु आफूलाई दोष दिएर पन्छन खोजेको आरोप लगाउनुभयो । सरकारले के संशोधन प्रस्ताव ल्याउँछ भन्ने थाहा नै नभएको भन्दै भन्नुभयो, ‘के आधारमा समर्थन गर्ने ?’
सदभावना पार्टीर्का महासचिव मनिष सुमनले संविधान संशोधन गर्न प्रमुख दलहरुलाई पीडा भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘बाहाना मात्र बनाइरहेको छ, हामीले विधेयक नै पढ्न पाएका छैनौं, समर्थन गर्नुर्पयो भन्न थालेका छन् । ब्लांक चेकमा हस्ताक्षर हुँदैन ।’
उहाँका अनुसार आन्दोलनमा जाने निर्णय गर्नु पर्ने मधेसी मोर्चा र गठवन्धनले सरकारलाई केही दिन हेर्नेछ । र, संशोधन दर्ता नभए आन्दोलनको घोषणा हुनेछ ।
सो बैठकमा मधेसी मोर्चाका तीन अध्यक्ष तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावनाका राजेन्द्र महतो र रामसपाका अध्यक्ष शरतसिंह भण्डारी अनुपस्थित रहेकोले कुनै ठोस निर्णय गरेको छैन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट