News Category 2073/08/15

अनसन तोडियो ः अस्पताल प्रशासन अनसन जारि नै छ ः विकास तिवारी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर । 
मंसिर ८ गतेदेखी अस्पताल सुधारको माग गर्दै सुरु भएको आमरन अनसन मागहरुको सम्बोधन गर्ने अस्पताल प्रशासनले सहमति जनाएपछि सोमबार साँझदेखी तोडिएको छ । तर, आमरन अनसनमा बसेका पाँच मध्ये एक जना प्रमुख व्यक्ति नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले भने अनसन जारि नै राख्नु भएको छ । 
गत बुधबारदेखी अध्यक्ष तिवारीले गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल सुधारको माग गर्दै २६ बुँदे माग राख्दै  अनसनमा बस्नु भएको थियो । त्यसपछि उहाँलाई साथ दिन सोही पार्टीकी केन्द्रिय सदस्य एवं सचिवालय सदस्य सावित्री पंडित, मधेशी मोर्चाका संयोजक सुबी यादव, जयसुन्दर खिडहरी यादव, सचिव प्रभाकर सिंह सहितकाहरु बस्नु भएको थियो । 
पाँच जना मध्ये अध्यक्ष तिवारी बाहेक चार जनाले अस्पताल प्रशासनले २६ वटै बुँदमा सम्बोधन गर्ने सहमति जनाएपछि प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, अवकाश प्राप्त चिकित्सक डा. मूरली प्रसाद सिंह, सप्तरीका प्रहरी उपरिक्षक दिवेश लोहनी, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरिक्षक जय बहादुर खडका र अनुसन्धानका निर्देशक देवराज लिम्बुको रोहबरमा अनसन तोड्नु भएको मंगलबार अस्पताल प्रशासनले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । 
यस्तै अस्पताल प्रशासनका तर्फबाट निमित्त मेसु डा. दिलिप कुमार साह, सजन लाल दास, शैलेन्द्र कुमार यादव, मनोज कुमार यादव र सूर्य नारायण महतोको उपस्थिति तथा मधेशी मोर्चाको तर्फबाट बलराम यादव, भगवती यादव, रामगमन साह, कमालउद्दीन मियँ र जयप्रकाश यादव रहेको जनाइएको छ । 
यता अध्यक्ष तिवारीले मंगलबारै पत्रकारहरुलाई अनसन तोड्ने सहमति नभएको भन्दै अस्पताल प्रशासनले आफुलाई झुक्याएर सो सहमति गरेको आरोप लगाउनुभयो । उहाँले अस्पतालमा सरकारबाट उपलब्ध निशुल्क औषधीको नाम, क्यान्टिनमा बिरामीलाई खुवाउने खानाको नामलगायत लेखेर झुण्ड्याउनु पर्ने माग गर्नुभयो । 
उहाँले अघि सार्नु भएको अन्य मागहरुमा बालमैत्री बनाउनुपर्ने, बिरामी बालबालिकालाई उपलब्ध हुने खानाको सुप्रबन्ध हुनुपर्ने, अस्पतालमा भर्ना हुने रोगीलाई स्वास्थ्य, पोषिलो खाना भरपेट उपलब्ध हुनुपर्ने, अस्पतालमा स्वच्छ पिउनेपानीको व्यवस्था हुनुपर्ने, अस्पतालको मूल गेटको निर्माण, नाक, कान, घाँटी, छाला रोग, शाडजोर्नी, मुटुरोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनुपर्ने रहेको छ । 
यस्तै अस्पतालमा प्रसुती गृह लगायत निर्माणधीन भवनहरुको निर्माण कार्य अविलम्ब पुरा हुनुपर्ने, चिकित्सकहरुका लागि आवासको व्यवस्था हुनुपर्ने, शल्य चिकित्सकसम्बन्धी सम्पूर्ण सामाग्रीको व्यवस्था हुनुपर्ने, अस्पतालका बेडहरुमा बेडसिट राखिनुपर्ने, वार्डहरुमा रहेका शौचालय तथा धाराहरु चालु गर्नुपर्ने, अस्पतालमा रहेका पंखा र झ्यालहरु मर्मत सम्भार हुनुपर्ने र एसीको व्यवस्था, अस्पतालको मूल गेटमा फोहर फालिने गरेकोले सोको तत्काल व्यवस्था गर्नुपर्ने, अस्पताल परिसरमा सँुगुर तथा अन्य जनावरको प्रवेश रोक्न उचित व्यवस्था, आवश्यक सुरक्षा गार्डको व्यवस्था हुनुपर्ने माग गर्नुभएको छ ।
यसैगरि अस्पताल परिसर, स्वास्थ्यपरीक्षण, उपचार कक्ष र वार्डहरुको नियमित दैनिक तिनपटक सफाई हुनुपर्ने, ठाउँठाउँमा फोहर संकलनका लागि डस्टबिन र कन्टेनर राख्नुपर्ने तथा डस्टबिन र कन्टेनरमा संकलन हुने फोहर दैनिक रुपमा उठाई व्यवस्थापन गर्नुपर्ने माग रहेको छ । 
यसैगरी जिन्सी खाता अनुसारको सम्पुर्ण खर्च भएर जाने र खर्च भएर नजनो विवरण उपलब्ध गराउनुपर्ने, बिरामीलाई उपलब्ध गराईने खानाको विवरण र सोको ठेक्का बन्दोवस्ती विवरण उपलब्ध गराउनुपर्ने, सुत्केरी गर्भवतिका लागि पोषण खाना, लुगा इत्यादी प्रसुति सम्बन्धि आएको प्रत्येक महिनाको प्रोत्साहन भत्ता, परिवार नियोजन सम्बन्धि विवरण उपलब्ध गराउनुपर्ने तथा इमरजेन्सी र बाहिर चिकित्साका लागि उपलब्ध हुने औषधिहरुको लिष्ट उपलब्ध गराउनुपर्ने लगायतका माँगहरु अघि सारिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट