News Category 2073/08/15

बसको ठक्करबाट एक बृद्धाको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर । 
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका ३ मा यात्रु बाहक बसको ठक्करबाट मंगलबार नाम नखुलेको एक बृद्ध महिलाको मृत्यु भएको छ । 
पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना६ख ५३१२ नंको बसले नाम, थर, वतन नखुलेको पैदल यात्री ७० वर्षिया महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
मृतक महिलाको शव गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
यता बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट