News Category 2073/08/18

तिवारीद्वारा १० औं दिन पनि आमरण अनसनलाई निरन्तरता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर । 
अस्पताल सुधारको माग गर्दै शुक्रबार १० औं दिन पनि नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले अनसनलाई निरन्तरता दिनु भएको छ ।
अध्यक्ष तिवारीले अस्पताललाई बालमैत्री बनाउनुपर्ने, बिरामी बालबालिकालाई उपलब्ध हुने खानाको सुप्रबन्ध हुनुपर्ने, अस्पतालमा भर्ना हुने रोगीलाई स्वास्थ्य, पोषिलो खाना भरपेट उपलब्ध हुनुपर्ने, अस्पतालमा स्वच्छ पिउनेपानीको व्यवस्था हुनुपर्ने, अस्पतालको मूल गेटको निर्माण, नाक, कान, घाँटी, छाला रोग, शाडजोर्नी, मुटुरोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनुपर्ने माँग सहित अनसनमा बस्नु भएको हो ।
यस्तै अस्पतालमा प्रसुती गृह लगायत निर्माणधीन भवनहरुको निर्माण कार्य अविलम्ब पुरा हुनुपर्ने, चिकित्सकहरुका लागि आवासको व्यवस्था हुनुपर्ने, शल्य चिकित्सकसम्बन्धी सम्पूर्ण सामाग्रीको व्यवस्था हुनुपर्ने, अस्पतालका बेडहरुमा बेडसिट राखिनुपर्ने, वार्डहरुमा रहेका शौचालय तथा धाराहरु चालु गर्नुपर्ने, अस्पतालमा रहेका पंखा र झ्यालहरु मर्मत सम्भार हुनुपर्ने र एसीको व्यवस्था, अस्पतालको मूल गेटमा फोहर फालिने गरेकोले सोको तत्काल व्यवस्था गर्नुपर्ने, अस्पताल परिसरमा सँुगुर तथा अन्य जनावरको प्रवेश रोक्न उचित व्यवस्था, आवश्यक सुरक्षा गार्डको व्यवस्था हुनुपर्ने माग गर्नुभएको छ ।
यसैगरि अस्पताल परिसर, स्वास्थ्यपरीक्षण, उपचार कक्ष र वार्डहरुको नियमित दैनिक तिनपटक सफाई हुनुपर्ने, ठाउँठाउँमा फोहर संकलनका लागि डस्टबिन र कन्टेनर राख्नुपर्ने तथा डस्टबिन र कन्टेनरमा संकलन हुने फोहर दैनिक रुपमा उठाई व्यवस्थापन गर्नुपर्ने माग रहेको छ । 
यसैगरी जिन्सी खाता अनुसारको सम्पुर्ण खर्च भएर जाने र खर्च भएर नजनो विवरण उपलब्ध गराउनुपर्ने, बिरामीलाई उपलब्ध गराईने खानाको विवरण र सोको ठेक्का बन्दोवस्ती विवरण उपलब्ध गराउनुपर्ने, सुत्केरी गर्भवतिका लागि पोषण खाना, लुगा इत्यादी प्रसुति सम्बन्धि आएको प्रत्येक महिनाको प्रोत्साहन भत्ता, परिवार नियोजन सम्बन्धि विवरण उपलब्ध गराउनुपर्ने तथा इमरजेन्सी र बाहिर चिकित्साका लागि उपलब्ध हुने औषधिहरुको लिष्ट उपलब्ध गराउनुपर्ने लगायतका माँगहरु अघि सारि आन्दोलन गर्दै आएको छ ।
यता आप्mनो जायज मागहरु सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने अध्यक्ष तिवारीको भनाई छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट