News Category 2070/06/14

पशु औषधी पसलमा आगजनी

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १३ असोज ।
राजविराज ४ स्थित भोरुकवा एफएमको कम्पाउण्ड छेउमा रहेको एक औषधी पसल (कठघारा) मा शनिबार राती अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेका छन् । 
भोरुकवा पशु औषधी पसलमा राती करिब १०ः३० बजे अज्ञात समूहले आगजनी गर्दा पसलमा रहेको सम्पूर्ण औषधी तथा सामानहरु जलेर नष्ट भएको छ ।
पसलमा रहेको माइक्रोसकोप, ह्विल चेयर, रेफ्रिज तथा औषधी गरि करिब २ लाख ५० हजार मूल्य बराबरको सामानहरु जलेर नष्ट भएको औषधी पसल संचालक सप्तरीको बरही विरपुर ९ निवासी राजकुमार यादवले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट