News Category 2070/06/15

सप्तरीको ६ वटै क्षेत्रबाट का“गे्रस, एमाले र फोरम नेपालको उम्मेदवार चयन

दैनिक समाचारदाता


दैनिक संवादादता
राजविराज १४ असोज ।
आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि सप्तरीको ६ वटै क्षेत्रबाट नेपाली काँग्रेस, नेकपा एमाले, मधेशी जनअधिकार फोरम नेपालको उम्मेदबारहरुको नाम लगभग चयन भएको छ । 
चयन भएकाहरुमा नेपाली काँग्रेसमा लगभग पुरानै अनुहारहरु रहेका छन् भने एमालेमा प्राय नयाँ अनुहारहरु रहेका छन् । यस्तै फोरम नेपालमा केही नयाँ केही पुराना अनुहारहरु रहेको श्रोतले जनाएको छ । 
नेपाली काँग्रेस क्षेत्र नं. १ बाट अधिवक्ता हेमनारायण चौधरी, २ बाट पूर्व जिविस सभापति बिरबल बिराजी, ३ बाट पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरी, ४ बाट नेका जिल्ला सभापति दिनेश कुमार यादव, ५ बाट काठमाडौंस्थित नाइटएङ्गल बोर्डिङ्गका संचालक तेजुलाल चौधरी र ६ बाट सुरेन्द्र यादवलाई केन्द्रले मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको टिकट दिएको छ । 
यस्तै नेकपा एमाले केन्द्रिय कार्यालयले सप्तरी क्षेत्र नं. १ बाट सुमनराज प्याकुरेल, २ बाट शैलेन्द्रचन्द्र झा, ३ बाट मञ्जु साह, ४ बाट ताराकान्त चौधरी, ५ बाट जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने र ६ बाट बृजनारायण साहलाई प्रत्यक्षबाट उम्मेदबार चयन गरेको छ । 
यसैगरि मधेशी जनअधिकार फोरम नेपालले क्षेत्र नं. १ बाट सूर्यनाथ यादव, २ बाट केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, ३ बाट केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, ४ बाट केन्द्रिय कोषाध्यक्ष रेणु यादव, ५ बाट आयूव राइन र ६ बाट अनिरुद्ध कुमार सिंह यादवलाई प्रत्यक्षतर्फको निर्वाचनका लागि चयन गरेको श्रोतले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट