News Category 2073/08/25

क्षेत्रीय भारत्तोलन सुरु, आमा प्रथम छोरी दोश्रो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर । 
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राजविराजमा शुक्रवारदेखि  पुर्वाञ्चल क्षेत्रीय भारत्तोलन प्रतियोगिता सुरु भएको छ । 
शुक्रबार सम्पन्न महिलातर्फको खेलमा आमा  छोरी सहभागि भई उत्कृष्ट प्रदर्शन गरेका छन् ।
प्रतियोगितामा सप्तरीवाट ६३ केजी तौल समुहमा सहभागी ३२ वर्षिया शान्ति चौधरीले १ सय ३० केजी उचालेर प्रथम स्थान प्राप्त गरेकी छिन् । 
४८ केजी तौल समुहमा सप्तरीवाट सहभागि उनकी १६ वर्षिया छोरी पल्लवी चौधरी ४९ केजी तौल उठाएर दोश्रो भएकी छिन् ।
महिलातर्फको सात तौल समुहका खेलाडि छनौट प्रतियोगितामा ४८ केजि तौल समुहमा ७५ केजी तौल उठाएर मोरङ्गकी मनिसा चौधरी प्रथम र ५३ केजी तौल समुहमा ७७ केजी तौल उठाएर सप्तरीकी सरस्वती चौधरी प्रथम भएकी छिन् । 
यस्तै ५८ केजी तौल समुहमा सिराहाकी सिर्जना चौधरी र ६९ केजी तौल समुहमा सिराहाकै पुस्पा चौधरी प्रथम भएकी छिन् ।
७५ केजी तौल समुहमा सिरहाकै कान्ता भुजेल र प्लस ७५ केजी तौल समुहमा सोही जिल्लाकी मनिता चौधरी प्रथम भई सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन् ।
पुरुषतर्फको खेल भने जारी रहेकाले शनिवारै मात्रै अन्तिम परिणाम आउने भारत्तोलनका वरिष्ठ प्रशिक्षक तिलक राउतले जानकारी दिनुभयो ।
जिल्ला खेलकुद विकास समिति सप्तरीको संयोजनमा भईरहेको प्रतियोगितामा पुर्वाञ्चलका ९५ प्रतियोगिहरु सहभागि छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट