News Category 2073/08/25

सिँचाई मँत्री गिरीद्वारा खाडो नदी नियन्त्रण आयोजनाको उद्घाटन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर । 
सिंचाईमन्त्री दिपक गिरीले जल उत्पन्न प्रकोप ब्यवस्थापन विभाग अन्र्तगत सप्तरी जिल्लामा स्थापना गरिएको खाडो नदी नियन्त्रण आयोजनाको शुक्रबार राजविराजमा उद्घाटन गर्नुभएको छ । 
चन्द्रनहर कोशी पप्प सिँचाई आयोजनाको कार्यालय हातामा स्थापना गरिएको सो खाडो नदी नियन्त्रण आयोजना कार्यालय भवनको पनि मन्त्रीले उद्घाटन गर्नुका साथै निरिक्षण समेत गर्नुभयो ।
सात बर्ष संचालन अवधि रहेको सो आयोजनाबाट सप्तरीको चुरे क्षेत्रको खाडो नदीको उदगम स्थल फुटहीलदेखि नेपाल भारत सिमा तिलाठी गाबिस सम्म उक्त नदीको दायाँ र बायाँ क्षेत्रमा करिब ३० किलो मिटर तटबन्ध निर्माण गर्ने कार्यक्रम रहेको छ । 
खाडो आयोजना संचालन तथा खाडो खोला तटवन्ध निर्माणको लागि चालु आर्थिक बर्ष २०७३÷०७४ मा १४ करोड ५० लाख बजेट बिनयोजन गरिएको आयोजनाले जनाएको छ । 
सो अवसरमा मन्त्री गिरिले खाडो नदी नियन्त्रण आयोजनालाई बजेट, दक्ष जनशक्ति तथा पुर्वधारको यथासिघ्र ब्यवस्था गरि छिटो भन्दा छिटो पुरा गर्नुपर्ने निर्देशन दिनुभयो । 
आयोजना संचालन गरेर मात्र हुदैन त्यसको बैज्ञानिक ब्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री गिरिले जल उपभोत्ता संस्थाहरुको गलत रबैयाको कारण सिँचाईको बिकासमा समस्या परेको गुनासो गर्नुभयो । 
कोशी नदीको कटानबाट पीडित जनताले क्षतिपुर्ती पाउनुपर्ने र त्यस तर्फ आफु लागेको समेत उहाँले प्रतिबद्धता ब्यक्त गर्नुुभयो । 
सप्तरीका सांसद सुरेन्द्र प्रसाद यादवले सरकारी तर्फबाट सिँचाई क्षेत्रमा लगानी हुने बजेटमा ब्यापक भ्रष्टचार भएकोले त्यसमा सुधारर्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय आयमा बृद्धि गर्न कृषि र सिँचाइ क्षेत्रमा लगानी आवश्यक रहेका बताउनुभयो ।  
सिँचाई मन्त्रालायका सचिव गजेन्द्र ठाकुरले खाडो नदिबाट सप्तरी जिल्लाको दक्षिण क्षेत्रका जनता पीडित भएको उल्लेख गर्दै खाडो नदि नियन्त्रण भएमा नेपाल र भारतका जनतामा डुवान समस्या हट्ने जिकिर गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट