News Category 2073/08/28

गुणस्तरिय तथा समावेशी शिक्षाको लागि महिला शिक्षकहरुको भेला हुने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 
जिल्ला शिक्षा कार्यालय सप्तरीको आयोजना तथा सेभ द चिल्डे«नको सहयोगमा आगामी पुस १ र २ गते सप्तरीमा गुणस्तरिय तथा समावेशी शिक्षाको लागि महिला शिक्षकहरुको भेला हुने भएको छ । 
जिल्ला शिक्षा कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलनको आयोजना सो भेला हुने जानकारी दिएको छ । 
सो पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले शिक्षा क्षेत्रमा महिला शिक्षकहरुको उल्लेखनिय योगदान हुदाँहुदै पनि महिला शिक्षकहरुको प्रायः अगाडी आउने वातावण नभएको भन्दै सिमित मात्रामा महिला शिक्षकहरु प्रशासनिक पदमा आसिन रहेको जानकारी दिनुभयो ।
उहाँले हाल सप्तरी जिल्लाका सामुदायिक विद्यालयहरुमा ५ सय ८८ मात्र महिला शिक्षकहरु रहेको जानकारी दिनुभयो । 
जिशिअ पाण्डेले महिला शिक्षकहरुमा भएका प्रतिभाहरु बाहिर आउन नपाइरहेको अवस्थामा जिल्ला भरिका महिला शिक्षकहरुको उपस्थितिमा मास महिला शिक्षकहरुको भेला गर्ने मनयसायले महिला शिक्षक भेला गर्न लागेको बताउनुभयो । 
उहाँले सो भेलाबाट महिला शिक्षकले गरेका राम्रा तथा सफल अभ्यासहरु सवैले जानकारी पाउने, महिला भएकै कारण समस्याहरुको साथै तत्कालै र दिर्घकालमा समाधान गर्नु पर्ने विषयवस्तुहरुको बारेमा छलफल भई सामाधानका योजना तय हुने लक्ष्य रहेको जानकारी दिनुभयो ।  
जिशिअ पाण्डेले दुई दिने उक्त भेलामा महिला शिक्षकहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेकोले सरकारी विद्यालयको सबै महिला शिक्षकहरु, संस्थागत विद्यालयको केही महिला शिक्षकहरु र बालविकास केन्द्रका केही सहयोगी शिक्षकहरुलाई समेत सम्मिलित गरिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट