News Category 2070/06/15

उम्मेदबार चयनप्रति एमाले जिल्ला उपाध्यक्षको आपत्ति

दैनिक समाचारदाता


दैनिक संवादादता
राजविराज १४ असोज ।
नेकपा एमाले सप्तरीका उपाध्यक्ष अब्दुल मजिद साकिरले आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि केन्द्रिय कमिटिले सप्तरीबाट पठाइएको उम्मेदबारहरुको नामलाई वेवास्ता गरि आफ्नै मनमानीले उम्मेदबार चयन गरेको प्रति आपत्ति ब्यक्त गर्नुभएको छ ।  
सोमबार साँझ टेलिफोन गरि उपाध्यक्ष साकिरले जिल्ला कमिटि र अंचल कमिटिले संकलन गरि दिएको नाम केन्द्रिय कमिटिले कुनै वास्ता नगरि आफ्नै मनमानी ढंगले उम्मेदबार चयन गरेकोले आफूहरु जिल्ला कमिटिमा रहनुको कुनै औचित्य नहरेको बताउनुभयो । 
उहाँले केन्द्रको निर्णयप्रति आफूसहित ४१ जना जिल्ला कमिटिका सदस्यहरुको आपत्ति रहेकोमा दुई दिन अगाडी नै पार्टीका केन्द्रिय अध्यक्ष झलनाथ खनाललाई सबै जनाको राजिनामा पत्र समेत बुझाइसकेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट