News Category 2073/09/01

बैदेशिक रोजगारीमा जाने ५० जनाले लिए निशुल्क सीप तालिम

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० मंसिर । 
सप्तरीमा विगत तिन वर्षमा बैदेशिक रोजगारका लागि जाने ५० जना व्यक्तिहरुले निशुल्क सीप तालिम लिएका छन् । 
सुरक्षित बैदेशिक रोजगार सम्बन्धी सरोकारवालाहरुसँग समन्वय बैठकमा सो कुराको जानकारी दिइएको छ । 
सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजना तथा हेल्भिटास नेपाल र सामी प्रयोजनाको सहयोगमा बिहीबार राजविराजमा आयोजित समन्वय बैठकमा सो जानकारी दिइएको हो । 
सम्पन्न बैठकमा संस्थाद्वारा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा सन् २०७१÷७२ मा ३ हजार १ सय ६, ७२÷७३ मा २ हजार १ सय ४३ तथा चालु आब २०७३÷७४ मा २ हजार १ सय ९ गरि ७ हजार ३ सय ५८ जनाले बैदेशिक रोजगार जानु अघि आवश्य परामर्श लिएको परियोजना संयोजक रामप्रमेश मण्डलले जानकारी दिनुभयो । 
यस्तै २०७१÷७२ मा २ सय ५ वटा, ७२÷७३ मा ३ सय ५८ वटा तथा चालु आब २०७३÷७४ मा १ सय २२ वटा बैदेशिक रोजगारमा जानेहरु ठगिएको उजुरी दर्ता भएको जनाइएको छ । 
मुलुक भरीमा युवाहरु बैदेशिक रोजगारका लागि जाने जिल्लामा सप्तरी सातौं स्थानमा रहेको तथा यस जिल्लाबाट करिब ७५ हजार युवाहरु बैदेशिक रोजगारीका लागि गएको तथ्याङ्क बैठकमा सार्वजनिक गरिएको छ । जसमा सबैभन्दा बढी मलेशिया ३१ हजार ९ सय ७१, कुवेत १ हजार ६ सय ६४, दुबई २ हजार ३ सय ६४ र बहराइन १ सय २९ जना गएका छन् । 
सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षतामा आयोजित बैठकमा विभिन्न संस्थाका पदाधिकारीहर, संचारकर्मी तथा जिल्ला विकास समिति सप्तरीका अधिकृत नवराज खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट