News Category 2073/09/02

जिल्लामा पहिलो पटक महिला शिक्षकहरुको भेला सुरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ पुस । 
सप्तरीमा पहिलो पटक महिला शिक्षकहरुको भेला राजविराजमा शुक्रबारदेखी सुरु भएको छ । जिल्ला शिक्षा कार्यालय सप्तरीको आयोजनामा तथा सेभ द चिल्ड्रेनको सहयोगमा उक्त दुई दिने महिला शिक्षकहरुको भेला सुरु भएको हो । 
सामुदायिक विद्यालय सुधारका निम्ति गुणस्तरिय तथा समावेशी शिक्षाको लागि महिला शिक्षकहरुको भेलाको आयोजना गरिएको सप्तरीका जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले जानकारी दिनुभयो । 
जिशिअ पाण्डेले महिला शिक्षकहरुमा भएका प्रतिभाहरु बाहिर आउन नपाइरहेको अवस्थामा जिल्ला भरिका महिला शिक्षकहरुको उपस्थितिले परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सो भेलाबाट महिला शिक्षकले गरेका राम्रा तथा सफल अभ्यासहरु सवैले जानकारी पाउने, महिला भएकै कारण समस्याहरुको साथै तत्कालै र दिर्घकालमा समाधान गर्नु पर्ने विषयवस्तुहरुको बारेमा समेत छलफल भई सामाधानका योजना तय हुने लक्ष्य रहेको बताउनुभयो ।  
“महिला शिक्षकले चाहेमा गर्न सक्छन्” भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त भेलामा जिल्लाका सामुदायिक विद्यालयका ५ सय ८८ महिला शिक्षकसहित निजि विद्यालय र बालविकासका गरि ७ सय महिला शिक्षकहरुको सहभागिता रहेको छ । 
भेलाको उद्घाटन सत्रमा शिक्षाविद्हरु डा. विद्यानाथ कोइराला, डा. सुसन आचार्य, विनय कुमार कुसियैत, शिक्षा विभागका निर्देशक मित्रनाथ गड्तौला, क्षेत्रिय शिक्षा निर्देशक केशव प्रसाद दाहाल, सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, सेभ द चिल्ड्रेनका गोपिनी पाण्डे, शिक्षक महासंघका अध्यक्ष फुलेश्वर मण्डल, महिला शिक्षक गिता यादव लगायतले महिला शिक्षकहरुलाई पनि नेतृत्व भूमिका लागि मौका दिनु पर्नेमा जोड दिनुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट