News Category 2073/09/04

अन्तराष्ट्रिय आप्रवासि कामदार दिवस सम्पन्न

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ पुस । 
सामी हेल्भेटास नेपालको सहयोगमा सबल नेपाल राजबिराजद्धारा संचालित बैदेशिक रोजगार सम्बन्धि “सुरक्षित बैदेशिक रोजगारको प्रतिबद्धताः हामी सवैको एक्यबद्धता” भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०१६ आइतबार सम्पन्न भएको छ ।
कन्चनरुप नगरपालिकामा आप्रवासी हकहित संरक्षण केन्द्रको अगुवाईमा ¥याली निकाली नगर परिक्रमा गरिएको छ । ¥यालीपश्चात् आयोजित कोण सभा लगतै हटियामा वैदेशिक रोजगारी सम्बन्धि सडक नाटक समेत प्रस्तुत गरिएको थियो । 
हकहित संरक्षण केन्द्रको अध्यक्ष जयबिन्द सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सबल नेपाल सप्तरी अध्यक्ष जुना गिरीको अध्यक्षता तथा सबल नेपाल सामी परियोजना कार्यक्रम संयोजक अशोक साह, सुचना केन्द्रका कार्यक्रम संयोजक रामप्रमेश मण्डल लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रमको स्वागत मन्तव्य सबल नेपालका कार्यक्रम संयोजक अशोक कुमार साहले गर्नु भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट