News Category 2073/09/06

संविधान संशोधन बिना चुनाव हुन सक्दैन् ः तमसपा अध्यक्ष यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ पुस । 
तराई मधेश सद्भावना पार्टी (तमसपा) का अध्यक्ष महेन्द्र राय यादवले संविधान संशोधन बिना चुनाव हुन नसक्ने बताउनु भएको छ । 
मंगलबार राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले सरकार र मुख्य तीन दल संविधान संशोधन नगरिकनै चुनाव गराउने सोच बनाइरहेको भन्दै बलजफ्ती रुपमा सरकारले चुनाव गराउन खोजे आफूहरु चुनाव हुन नदिने बताउनुभयो । 
उहाँले संविधान संशोधन गर्नुपर्नेसहितका तीन बुँदे सहमति गरेरै मोर्चाले वर्तमान सरकारलाई समर्थन गरेको बताउँदै सहमति पालना गर्न सरकारसँग आग्रह समेत गर्नुभयो । 
एमालेले लगातार संसद अवरोध गरिरहेको बताउँदै अध्यक्ष यादवले यो लोकतन्त्रप्रतिको प्रहार भएको जिकिर गर्नुभयो । आफूहरुले पनि विगतमा संसद अवरोध गरेको स्मरण गराउँदै तर सो समयमा निकास पनि दिएको जानकारी दिनुभयो । 
एमालेले अहिले मुलुकमा मण्डले र खोक्रो राष्ट्रबादको नारा लगाएर थप द्वन्द्व सृजना गरेको आरोप लगाउँदै यसले मुलुकमा नयाँ संकट ल्याउने अध्यक्ष यादवले भनाई छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट