News Category 2073/09/06

सप्तरीमा जिल्ला शिक्षा योजना बन्ने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ पुस । 
शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले सप्तरीमा जिल्ला शिक्षा योजना बन्ने भएको छ । 
आसमान नेपालको सहकार्यमा जिल्ला शिक्षा कार्यालय सप्तरीको मंगलबार बसेको बैठकले जिल्ला शिक्षा योजना बनाउने निर्णय गरेको हो । 
युनिसेफको सहयोगमा आसमान नेपालद्वारा संचालित गुणस्तरीय समावेशी शिक्षाका लागि स्थानिय निकायको सवलीकरण कार्यक्रम अन्तर्गत शिक्षा कार्यालयको समन्वयमा जिल्ला शिक्षा योजना बनाइनेछ ।
शिक्षा अधिकारी दोलराज पाण्डेले जिल्लामा धेरै पुरानो शिक्षा योजना रहेको र अब नयाँ योजना बनाएर शिक्षालाई अगाडि बढाउने बताउँदै कुनै पनि कार्यका लागि योजना अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
यस्तै बैठकले शिक्षा योजना बनाउनका लागि समिति समेत गठन गरेको छ । शिक्षा अधिकारी पाण्डेको संयोजकत्वमा बनेको समिति सदस्यहरुमा सहायक शिक्षा अधिकारी रामदेव चौधरी, विद्यालय निरीक्षक देवशंकर यादव, श्रोत व्यक्ति देवकुमार यादव र भोगेन्द्र प्रसाद यादव तथा शिक्षा कार्यालयका कम्प्ययुटर फाँटका मनोज भट्टराई रहनु भएको छ भने सात सदस्यीय समितिमा एक जना पछि थप गरिने शिक्षा अधिकारी पाण्डेले जानकारी दिनुभयो । 
बैठकमा आसमान नेपालका जिल्ला संयोजक श्रवण देवले अहिलेसम्म भएका गतिविधीका साथै विद्यालय शान्ति क्षेत्र, विद्यालयभन्दा बाहिर रहेका बालबालिका र भर्ना सम्बन्धमा जानकारी गराउनु भएको थियो । 
सम्पन्न बैठकमा शिक्षा अधिकारी, सहायक शिक्षा अधिकारीसहित विद्यालय निरीक्षक र श्रोत व्यक्तिहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट