News Category 2073/09/07

राज्यबाट पाउने सेवा सुविधा नपाउँदा एकै परिवारका पाँच अपाङता भएका व्यक्ति बिचल्लीमा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 
सप्तरीको गम्हरीया प्रवाहा गाबिस वडा न. ४ पटी टोलका एकै परिवारका पाँच जना अपाङ्गहरुले सरकारबाट पाउने सेवा र सुबिधा नपाउँदा बिचल्लीमा परेका छन ।
एउटै परिवारका दुई दाजु भाई, उनका बहिनी, श्रीमति र छोरा सहित पाँच जना अपाङ्ग रहेका छन । तर, ती अपाङ्गहरुले राज्यबाट पाउनुपर्ने सेवा र सुविधाहरु अझै पाउन नसक्दा उनीहरुको बिच्चली भएको छ । 
५० वर्षिय शम्भु मण्डल, उनका भाई ४५ वर्षिय शिव नारायण मण्डल, उनकी श्रीमति ४० वर्षिय गिता देवी मण्डल, बहिनी ४२ वर्षिय जयकला देवी मण्डल र एक छोरा सहित पाँचै जना अपाङ छन । ती पाँचै जनाको दुवै आँखा नदेखिनााले जिवनयापन गर्न अफ्ठ्यारो भइरहेको छ । 
उनीहरुमध्ये शिव नारायण मण्डल, दाजु शम्भु र बहिनी जयकलाले २०६७ देखि २०७१ असारसम्म राज्यबाट पाउनु पर्ने सेवा र सुविधाहरु पाएपनि पछिल्लो दुई वर्षदेखि ती सेवा र सुविधाहरु नपाएको गुनासो गरेका छन । 
शम्भुको २ छोरा र २ छोरी, शिव नारायणको २ छोरा र १ छोरी तथा जयकलाको २ छोरा र १ छोरीको लालन पालनमा निकै समस्या भइरहेको छ । राज्यबाट पाउने सेबा र सुबिधाहरु बन्द भएपछि छोराछोरीहरुलाई पालन पोषणमा निकै समस्या भइरहेको उनीहरुको बताएका छन् । 
सरकारले अहिले पूर्ण अपाङ्गता भएकालाई रातो काड, समान्य अपाङ्गलाई हरियो काड लगायतका व्यवस्था गरेपछि उनीहरुले रातो काडका लागि बालबालिका कार्यालयदेखि लिएर सगरमाथा अपाङ्ग संघ लगायतका विभिन्न निकायमा महिनौ दिनसम्म धाउँदा पनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो  छ ।  
यसैबिच सो सम्बन्धमा गाबिसका सचिव हरेराम यादवले यसअघि गाबिसबाट पाउने सेवा र सुबिधाहरु उनीहरुलाई प्रदान गर्दै आएको तथा पछिल्लो वर्ष राज्यले पूर्ण अपाङ्गतालाई मात्र सेवा सुबिधा दिने निर्णयपछि उनीहरुसँग रातो काड नभएकाले राज्यबाट पाउनुपर्ने सेवा र सुबिधा पाउँनबाट बञ्चित हुनु परेको बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट