News Category 2070/06/16

हत्याका आरोपीहरु कारागार चलान

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १५ असोज । 
कृष्ण अष्टमीको दिन साँझ मेला हेर्न आएका सप्तरीको इटहरी विष्णुपुर १ निवासी अनिल मण्डललाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ परेका ६ जना मध्ये ३ जनालाई जिल्ला अदालत राजविराजले पुर्पक्षका लागि राजविराज करागार चलान गरेको छ । 
यसरी कारागार चलान गरिएकाहरु राजविराज ७ निवासी रविन मण्डल, राजविराज ७ निवासी विशाल राउत, राजविराज ७ निवासी सुरज मेहतर रहेका छन् भने बाँकी ३ जनालाई बाल सुधार गृह विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बाल सुधार गृह विराटनगर पठाइएकाहरुमा सप्तरी खड्गपुर ५ निवासी रुपचन्द्र यादव, सप्तरी लालापट्टी १ निवासी कृष्ण यादव रहेका छन् भने सप्तरी जमुनी मधेपुरा १ निवासी सुरेन्द्र साहलाई अभिभावकको जिम्मामा छोडिएको प्रहरी नायब उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट