News Category 2073/09/11

हात्तीले कुल्चेर एकको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० पुस । 
जंगली हात्तीको आक्रमणबाट शनिबार राती सप्तरीमा एक किसानको मृत्यु भएको छ । राती घरमा सुतिरहेको अवस्थामा जिल्लाको भारदह गाविस ९ स्थित भलुवा टोलका ५५ वर्षिय रघुनाथ खंगलाई कोसी टप्पु वन्य जन्तु आरक्षबाट आएका दुईवटा जंगली हात्तीले कुल्चेर मारेको प्रहरीले जनाएको छ । 
हात्तीले घर भत्काउन थालेपछि उठेर भाग्ने क्रमम नजिकैको गहुँ खेतमा खंगलाई कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हात्ती मृतक खंगको दुईवटा घर भत्काउनुका साथै दुई कठ्ठामा लगाईएको गहुँ बाली र करेसा बारीमा लगाईएको तरकारीसमेत नष्ट गरेको छ । 
केही सातअघि छिमेकी गाविस बैरवामा पनि जंगली हात्तीको आक्रमणले अर्को किसानको मृत्यु भएको थियो । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रका गाविसहरुमा करिब एक दशकदेखी जंगली हात्तीले आतंक मच्चाउँदै आएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट