News Category 2073/09/12

सेनाको दुई र प्रहरीको एक किर्तिमान स्वर्ण, मध्य पश्चिमाञ्चलको एक स्वर्ण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ पुस । 
सातौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राजविराजमा सञ्चालन भइरहेको भारोत्तोलन प्रतियोगितामा सोमबार सेनाले दुई र नेपाल प्रहरीले एक किर्तिमान स्वर्ण पदक हात पारेका छन् । यस्तै मध्य पश्चिमाञ्चलले समेत एक स्वर्ण हात पार्न सफल भएको छ । 
महिलातर्पm दुई खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपाल प्रहरीकी देवी चौधरीले ५३ केजी तौल समूहमा र नेपाली सेनाकी कमला श्रेष्ठले ५८ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । 
चौधरीले आफ्नै नामको कीर्तिमान भंग गर्ने व्रmममा स्नायचमा ६० र क्लीन एण्ड जर्कमा ७८ गरी कुल १ सय ३८ कीर्तिमानी तौल उचालेर स्वर्ण पदक हात पारेकी छिन् ।
यसअघि उनकै नाममा स्नायचतर्पm ५८ र क्लीन एण्ड जर्कमा ७७ गरी १ सय ३५ केजी तौल उचालेको कीर्तिमान थियो । सो तौल समूहमा नेपाल प्रहरीकै संगीता राई १ सय ४ केजी उचालेर रजत तथा पश्चिमाञ्चलकी टीकामाया गुरुङले ९२ केजी तौल उचालेर कास्य पदक प्राप्त गरेकी छिन् ।
यस्तै ५८ केजी तौल समूहमा नेपाली सेनाकी कमला श्रेष्ठले स्नायचतर्पm ६६ र क्लीन एण्ड जर्कतर्पm ७९ गरी कुल १ सय ४५ केजी भार उचालेर नयाँ कीर्तिमान कायम गर्दै स्वर्ण पदक प्राप्त गरेकी छिन् । यसअघि सो तौल समूहमा १ सय ४० केजीको कीर्तिमान कायम रहेको थियो ।
यता पुरुषतर्पmको ६९ केजी तौल समूहमा मध्य पश्चिमाञ्चलका प्रकाश केसी २ सय ८१ केजी उचालेर स्वर्ण, नेपाली सेनाका भुज बहादुर सारुले १ सय ९७ केजी उचालेर रजत तथा नेपाल प्रहरीका ओम प्रकाश वैश्यले १ सय ८७ केजी उचालेर कास्य पदक प्राप्त गरेका छन् ।
पुरुषतर्पmकै ७७ केजी तौल समूहमा नेपाली सेनाका सुरेन्द्र श्रेष्ठ, २ सय ५ केजी उचालेर स्वर्ण, नेपाली सेनाकै राजु चौधरीले १ सय ९५ केजी उचालेर रजत तथा मध्यमाञ्चलका सरोज यादवले १ सय ६२ केजी तौल उचालेर कास्य पदक हात पारेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट