News Category 2073/09/15

गोविन्दपुर पहिलो बालविवाहमुक्त वडा घोषणा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ पुस । 
सप्तरीको छिन्नमस्ता गाविसस्थित एउटा वडा जिल्लाकै पहिलो बालविवाहमुक्त वडा घोषणा गरिएको छ । 
छिन्नमस्ता ४ गोविन्दपुरमा बुधबार आयोजित एक कार्यक्रममा उक्त वडालाई बालबिवाहमुक्त वडा घोषणा गएिको हो । 
गाविस कार्यालय छिन्नमस्ताको सहयोग तथा गाउँ बाल संरक्षण समितिको आयोजकमा सम्पन्न भएको कार्यक्रममा वक्ताहरुले वडामा मात्र नभएर जिल्लाभरि नै बालविवाहमुक्त हुनुपर्नेमा जोड दिएका छन् ।  
गाउँ बाल संरक्षण समिति छिन्नमस्ताका संयोजक प्रभुनारायण यादवको अध्यक्षता तथा गाविस सचिव सत्यनारायणलाल यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सदस्य एवम् निवर्तमान अध्यक्ष सत्यनारायण यादव, महिला तथा बालबालिका कार्यालयका नियमित कार्यालय प्रमुख भावना घिमेरे, जिल्ला बाल कल्याण समितिका अधिकृत पुनम चौधरी, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजकद्वय उमेशकुमार गुप्ता र इन्द्रबहादुर, सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपालप्रसाद चौधरीलगायतका उपस्थिति रहेको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट