News Category 2073/09/17

नहर छ, तर पानी छैन पानीको अभावमा गहुँ बाली क्षति हुन थालेपछि किसानहरु चिन्तित

दैनिक समाचारदाता

राजविराज÷भनिन्छ, नेपाल कृषि प्रधान देश हो, तर सप्तरीका किसानहरु पानीको अभावमा मेहनत साथ खेतमा लगाएको गहुँ बालीमा क्षति हुन थालेपछि चिन्तित बनेका छन ।
सप्तरीका किसानहरुले मलखाद्यदेखि बिउ बिजनसम्म नपाउने तथा अहिले आएर दोश्रो बालीको रुपमा गहुँ बाली मेहनतका साथ खेतमा लगाएपनि पानीको अभावमा गहुँबाली नष्ट हुन थालेपछि उनीहरु चिन्तित बनेका हुन । 
सिंचाईको लागि कोशी पश्चिमी नहर, चन्द्र नहर लगायतका नहरहरु रहेपनि आवश्यकता परेको बेलामा नहरमा पानी नहुँदा यहाँका किसानहरु बर्षेनी पानीको लागि त्राहिमाम हुने गरेका छन । घर नजिकैबाट नहर गएपनि अहिले नहरमा पानी नहुँदा बाध्य भएर सिडी,कस् मोटर सहितबाट गहुँ बालीमा पानी हाल्नुपरेको झुटकी गाबिसका किसान धर्म नारायण यादवको गुनासो छ । 
घर नजिकै कोशी पश्चिमी नहर रहेपनि नहरमा आवश्यकता परेको समयमा पानी नहुँदा आफु जस्ता त्यस आसपासका हजारौ किसानहरुलाई निकै समस्या खेप्नुपरीरहेको उहाँको गुनासो छ । आफुले मेहनत साथ खेतमा गहुँ बाली लगाएपनि त्यसको लागि समयमा पानी नहुँदा सो बाली नोक्सान हुने अवस्था पुग्न थालेपछि बाध्य भएर मोटरबाट गहुँ बालीमा पानी हाल्न लागेको उहाँले बताउनुभयो । 
त्यस्तै धान, गहुँ लगायतका सिजनमा आवश्यकता परेको बेला बर्षेनी नहरमा सिंचाई उचित व्यवस्था हुन नसक्दा स्थानीय किसानहरुलाई निकै दुख खेप्नुपरीरहेको छ । यसैगरी गहुँ खेतिमा पानी हाल्नका लागि सजिलै तरीकाबाट यहाँका किसानहरुले सिंचाईको अभावसँगै डिजेल समेत सहज तरीकाबाट नपाउँदा थप समस्यामा परेका छन् । 
यता आफु किसानहरुका लागि समयमा मलखाद्य, बिउ, सिंचाई लगायतका सामग्रीहरुको व्यवस्था गर्न जिल्लाको बरही बिरपुर ७ का किसान वौवा लाल यादवले सरकारसँग माग गर्नुभयो । 
बर्षेनी यहाँका किसानहरुलाई धान, गहुँ, तरकारी खेति लगायतका बालीहरुमा समयमा पानी नहुँदा निकै समस्या खेप्नुपरेपनि त्यसतर्फ सरकार तथा सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीय किसानहरुको गुनासो रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट