News Category 2073/09/17

जनमूखीको साधारण सभा सम्पन्न

दैनिक समाचारदाता

राजविराज÷जनमूखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राजविराजको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष सचिन्द्र दासको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदनलाई उपस्थित बहुमत सदस्यले सभाबाट पारित गरेको छ । अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा चालु आ.ब. २०७३÷०७४ मंसिर मसान्त सम्ममा शेयर पुँजी ७३ लाख ३ हजार ३ सय, कोष ७५ लाख ८३ हजार १ सय ८४, निक्षेप हिसाब ११ करोड १३ लाख ८६ हजार ७ सय ३१ तथा संस्थाले ८ करोड २२ लाख ८९ हजार ४ सय ९३ ऋण लगानी गरेको उल्लेख छ । यस्तै संस्थामा हाल १ सय ८३ पुरुष र १ सय ७१ महिला गरि जम्मा ३ सय ५४ शेयर सदस्यहरु रहेका छन् । 
सम्पन्न सभामा संस्थाका उपाध्यक्ष सुनिल बैद्य, सदस्यहरु देव नारायण चौधरी, उमाशंकर देव, मिना दास, पप्पी सिंह, पत्रकार नवीन कुमार गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट