News Category 2070/06/17

चार जनाले बुझाए हतियार

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १६ असोज । 
आसन्न संविधानसभाको निर्वाचनलाई मध्य नजर राखि सप्तरी प्रहरीले जारि गरेको सूचनाका अनुसार सप्तरीका चार जनाले इजाजत प्राप्त हतियार बुझाएका छन् । 
हतियार बुझाउनेहरुमा सप्तरीको रुपनगर गाविस ८ निवासी स्व. दिर्घ नरायण रोक्काको नाममा रहेको लाइसेन्स नं. ४५४ नं. को भरुवा बन्दुक एक थान उनका छोरा टिका बहदुर रोकाले बुझाएका हुन् ।
यस्तै अर्का व्यक्तिहरु सप्तरीको लालापट्टी ९ खुदीबखारी निवासी अमरनाथ मण्डलको नाममा रहेको ६९ दर्ता नं. रहेको १० बोरको नं. ६१४५ को दुई नाले टोटा बन्दुक एक थान, राजविराज ४ निवासी तारकेश्वर प्रसाद सिंहको लाइसेन्स नं. १०८९ को बारा बोरे २०५२४ दुई नाले टोटा वाला बन्दुक एक थान र राजविराज ४ निवासी गंगा प्रसाद सिंहको लाइसेन्स नं. ३५८ बन्दुक १६ बोरे नं. १८ को दुई नाले टोटा वाला बन्दुक एक थान बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट