News Category 2073/09/17

गरिव मुस्लिम परिवारलाई झुल बितरण

दैनिक समाचारदाता

राजविराज÷राजबिराज नगर क्षेत्रमा रहेका गरिब मुस्लिम समुदायका ३ सय परिवारहरुलाई झुल बितरण गरिएको छ ।
ह्ेसरा नेपाल केन्द्रिय कार्यलयको आयोजना तथा ईसिना रिलिभ क्यानाडाको सहयोगमा शनिवार राजबिराज नगरपालिका वडा न २, ३, ४ र ९ का गरिव मुस्लिम समुदायमा परिवारहरुलाई झुल बितरण गरिएको हो ।
राजबिराज २ स्थित ईकरा पब्लिक स्कुलको प्राङ्गणमा अब्दुल मनानको अध्यक्षतामा आयोजित बितरण कार्यक्रममा हेसरा नेपालका केन्द्रिय अध्यक्ष डा. नसिम अहमद, जिल्ला बिकास समिति कार्यालय सप्तरीका प्रतिनिधि राजेश झा, पत्रकार चन्दनकुमार यादव, मुस्लिम अगुवा तथा समाजसेवी मोहमद युसुफ अली, गुलाम नवि, कलिम खान, तैयव अन्सारी, ईलियास, मोहम्मद समिम अखतर अली, लगायतको उपस्थितिमा झुल बितरण गरिएको हो । 
बिपन्न, तथा अति गरिव परिवारका लागी हेसरा नेपालले बाढी, आगलागी जस्ता बिपत्त परेको वेला मुस्लिम समुदायको जिवन रक्षाका लागी बिभिन्न समयमा कार्यक्रम गर्दैै आएको हेसरा नेपालका अध्यक्ष डा. नसिम अहमदले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट