News Category 2073/09/19

संविधान संशोधन गर्न माग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 
संविधान संशोधन गरेर मात्र कुनै पनि निर्वाचन घोषणाको माग गर्दै सोमबार मधेशका विभिन्न जिल्लाहरुमा खबरदारी सभा गरिएको छ । 
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट संघिय लोकतान्त्रिक मधेशी मोर्चाको अगुवाइमा निकालिएको खबरदारी जुलुसले नगर परिक्रमा गर्दै स्थानिय जनआन्दोलन चौकमा सभा सम्पन्न गरेको छ । 
मधेशी मोर्चाका जिल्ला संयोजक अमरनाथ मण्डलले अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिश कुमार सिंह, संघीय समाजवादी फोरम नेपालका सुखराम यादव, सद्भावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, नागरिक समाजका अध्यक्ष डा. डम्बर नारायण यादव, नेपाल सदुभावना पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाद सिंह, सद्भावना पार्टीका रामेश्वर मण्डल, तमसपाका अध्यक्ष जिवछ यादव, कपिलदेव यादव, फोरम गणतान्त्रिकका अध्यक्ष हरेराम यादव लगायतले संविधान संशोधनप्रति सरकार गम्भिर नभएको भन्दै संविधान संशोधन गरेर मात्र निर्वाचन घोषणा गर्नुपर्ने माग गरेका छन् । उनीहरुले सो अनुसार नगरिए मधेशका जिल्लामा निर्वाचन हुन नदिने चेतावनी समेत दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट