News Category 2073/09/19

प्रहरीले हत्यारालाई पक्राउ गर्न चासो देखाएन् ः पीडित परिवार

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 
प्रहरीले जाहेरी दर्ता गरेको झण्डै एक वर्ष ६ महिना बित्न लाग्दा समेत सो जाहेरी उपर कुनै पहल नगरेको आरोप लगाइएको छ । 
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत सप्तरीको टिकुलिया गाविसी ७ की रोशन खातुनले प्रहरी उपर सो आरोप लगाएकी हुन् । 
पत्रकार सम्मेलनमा रोहनले २०७२ साल भदौं २९ गते ससुरा ऐनुल मियाँलाई घरबाटै अपहरण गरि हत्या गरि जिल्लाको मल्हनिया गाविस २ स्थित बलान खोला नजिक शव भेटिएको तथा सो हत्यामा संलग्न व्यक्तिहरुको नाम समेत किटान गरि इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दिँदा समेत हालसम्म कुनै सुनुवाई नभएको आरोप लगाइन् । 
रोशनले सो हत्यामा संलग्न व्यक्तिहरु खुलेआम घुमफिर गरिरहेको जानकारी दिँदै सो सम्बन्धमा इप्रका कल्याणपुरमा जानकारी दिँदा समेत व्यक्तिहरु सम्पर्कमा नआएको भन्ने प्रहरीले जवाफ दिदै आएको आरोप लगाइन् । 
उनले ससुराको हत्या भएको झण्डै सोह् महिना बित्न लाग्दा समेत प्रहरीले हत्यारालाई पक्राउ गर्न कुनै चासो नदेखाएकोले आफूलाई न्याय दिलाउन सम्पूर्ण अधिकारकर्मी, संचारकर्मी लगायतसमक्ष आग्रह गरेकी छिन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट