News Category 2073/09/19

सुटिङ संघद्वारा ओलम्पिक खेलाडी श्रेष्ठलाई सम्मान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 
जिल्ला सुटिङ संघ सप्तरीले सोमबार एक कार्यक्रमबीच सुटिङका ओलम्पिक खेलाडी टिकाराम श्रेष्ठलाई सम्मान गरेको छ । 
जिल्ला सुटिङ संघकी अध्यक्ष शशिकला मानन्धरको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एजेट न्यासुर लामाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा ओलम्पिक खेलाडी श्रेष्ठलाई सम्मान गरिएको हो । 
उहाँलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लामाले दासल्ला ओढाएर तथा कदरपत्र प्रदान तथा मायाको चिनो प्रदान गर्दै सम्मान गर्नुभयो । त्यस्तै सुटिङ संघीय अध्यक्ष मानन्धर, सुटिङ संघकै शत्रुहनलाल दास, मिथिलेश देव समेतले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 
सोही कार्यक्रममा जिल्ला भारत्तोलन संघका जिल्ला सचिव दिनेश भुजेल समेतले दोसल्ला तथा मायाको चिनो प्रदान गरेर सम्मान गर्नुभयो । 
सो कार्यक्रममा खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डल, जिल्ला सुटिङ संघका पदाधिकारीहरु, भारत्तोलन संघका पदाधिकारीहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 
सम्मान ग्रहण गर्दै ओलम्पिक खेलाडी श्रेष्ठले विगत २३ वर्षदेखी आफूले नेपाललाई खेलकुदको माध्यमले सेवा गर्दै आएको बताउँदै अब उपरान्त कुनै पनि राष्ट्रिय प्रतियोगितामा सहभागि नहुने बताउनुभयो । उहाँले राष्ट्रिय खेलकुदबाट सन्यास लिएको घोषणा गर्दै अब आउने नयाँ पुस्ताका लागि बाटो खोलेको उल्लेख गर्नुभयो । 
सुनसरी जिल्ला निवासी ओलम्पिक खेलाडी श्रेष्ठले विभिन्न राष्ट्रिय प्रतियोगिता, साग गेम, साफ गेम तथा ओलम्पिकमा समेत नेपालको तर्फबाट प्रतिनिधित्व गरिसकेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट