News Category 2073/09/20

कार्यकारी अधिकृत विरुद्घ प्रदर्शन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ पुस । 
सप्तरीको हनुमाननगर योगिनियामाई नगरपालिका कार्यकारी अधिकृतले अनियमितता गरेको भन्दै मंगलबार सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको छ । 
नगरपालिकाका कार्यकारी अधिृकत भागवत मेहताले विभिन्न शिर्षकको बजेटमा व्यापक आर्थिक अनियमितता गरेको भन्दै हनुमाननगर योगिनियामाई नगरपालिकाका बासिन्दाले प्रदर्शनसहित छानविनको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । 
गठित संघर्ष समितिका संयोजक शेलेश कुमार साह तथा स्थानिय नेता नवल किशोर साहको अगुवाईमा गरिएको उक्त प्रदर्शनमा नगरपालिकाका तीन हजार बढी महिला र पुरुषको सहभागिता रहेको थियो । 
प्रदर्शन पश्चात् प्रजिअ बलदेव गौतमलाई बुझाइएको ज्ञापन पत्रमा नगरपालिकाका कार्यकारी अधिकृत भागवत मेहताले गत आर्थिक वर्ष ०७२÷०७३ को बजेटमा विभिन्न शिर्षकमा कामै नगरी विल भरपाई तयार गरी लाखौं रकम अनियमितता गरेकोले छानविन हुनुपर्ने मांग गरिएको छ । 
प्रधानमन्त्रीको कार्यालय, शहरी विकास मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धा आयोग र राष्ट्रिय सतर्कता केन्द्रलाई समेत बोदार्थ दिइएको ज्ञापन पत्र मार्फत नगरपालिकामा भएको भ्रष्टाचारको छानविन नगरिए बाध्य भई चरणबद्घ आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ । 
ज्ञापनपत्र बुझदै प्रजिअ गौतमले त्यसबारे आवश्यक छानविन गर्ने प्रतिवद्घता जनाउनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट