News Category 2073/09/22

नेपालमा राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य ः अध्यक्ष महतो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ पुस । 
राष्ट्रिय जनता पार्टी नेपाल (राजावादी)का राष्ट्रिय अध्यक्ष किशोरी महतोले वर्तमान अवस्थामा नेपालमा राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य रहेको बताउनु भएको छ ।
विहिबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष महतोले मुलुकलाई बलियो र एकतावद्ध बनाउन राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य रहेको बताउनु भएको हो ।
देश विखण्डन र राजनीतिको दलदलमा फस्न लागेको भन्दै उहाँले सो विरुद्ध अभियान फैलाउन जिल्ला भ्रमणमा निस्केका जानकारी दिनुभयो । जिल्ला जिल्लामा जनजागरण अभियान चलाउने उद्देश्उले केन्द्रीय पदाधिकारी सहित भ्रमणमा निस्केको बताउँदै उहाँले पहिलो चरणमा बीरगंज, विराटनगर, जनकपुर, झापा, वनेपा र राजविराज लगायतका स्थानमा कार्यक्रम गर्ने योजना रहेको जानकारी दिनुभयो । 
सो पत्रकार सम्मेलनमा अध्यक्ष महतोले पौष २२ गतेदेखि सूरु हुने अभियान अन्तर्गत पहिलो दिन राजविराजमा ¥याली तथा सभाको आयोजना गरीने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
उहाँले मुलुकलाई बलियो र एकतावद्ध बनाउन एकिकरण मार्फत योगदान पु¥याउने पृथ्वी नारायण शाहको योगदानको कदर गर्दे २ सय ९५ औं जन्मजयन्तीको अवसरमा पुस २७ गते सरकारले राष्ट्रिय विदाको घोषणा गर्नुपर्ने पत्रकार सम्मेलन मार्फत माग समेत गर्नुभयो । 
सरकारले विदा दिए÷नदिएपनि राजसंस्था, राष्ट्रिय एकता र हिन्दु राष्ट्र प्रति आस्था राख्ने ठूलो जन समुदायले यस पल्ट पृथ्वी जयन्ती धुमधामका साथ मनाउने उहाँको दावी छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट