News Category 2073/09/24

सप्तरी युथद्वारा दृष्टिबिहीनहरुलाई राहत प्रदान

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको गम्हरीया प्रवाहा गाबिस वडा न. ४ पट्टी टोलका शम्भु मण्डलको ६ जना परिवार दृष्टिबिहीन रहेको संचारमाध्यमबाट सार्वजनिक भएपछि सप्तरी युथ नेपालको टोली शनिबार दृष्टिबिहीनको परिवारलाई सहयोग गरेका छन् । 
६ जना दृष्टिबिहीनलाई दुई थानका दरले कम्बल र नगद रु पाँच हजार उपलब्ध गराइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादवले जानकारी दिनुभयो । 
शनिबार सो गाविसमा युवाहरुको टोली जाँदा दृष्टिबिहीन परिवारका एक जना दुई बर्षे बालकलाई अत्यधिक ज्वरो लागेको देखेपछि उनीहरुले चिकित्सक लगि उपचार गराएका छन् । ज्वरो लागेको बेला कुनै औषधि समेत नचलाएको अवस्थामा युवाहरुले नै चिकित्सक लगी उपचार गराउँदै औषधिको व्यवस्था गरिदिएका हुन् । 
परिवारका ठूला सदस्य दाई ५० वर्षिय शम्भु मण्डल, भाई ४५ वर्षिय शिव नारायण मण्डल, उनकी श्रीमती ४० वर्षिया गिता देवी मण्डल र उनका ८ वर्षिय छोरा भुपेन्द्र मण्डल, शम्भुकी बहिनी ४२ वर्षिय जयकला देवी मण्डल र उनका श्रीमान्सहित ६ जना नेत्रहीन छन् । त्यस मध्ये शिवनारायणका छोरा भुपेन्द्रलाई अहिले केही दिनदेखी साँझपख देख्न छोडेको छ भने बहीनी जयकला नेत्रहीन सँगै शरिरीक अपाङ्गता समेत छिन् । 
यसअघि १६ जनाको एउटै परिवारका दुई दाजु भाई, श्रीमति, छोरा, उनका बहिनी ज्वाईसहित ६ जना अपाङ्ग रहेको समाचार विभिन्न संचार माध्यममा प्रकाशन प्रसारित भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट