News Category 2073/09/24

नेपालमा ज्ञानेन्द्र साह, ओली साह र कमल साहले एउटै भाषा बोलि रहेको आरोप

दैनिक समाचारदाता

राजविराज÷बैद्विक समाज सप्तरीले ‘बर्तमान परिस्थितिमा राजनीति’ बिषयक अन्तरकृया कार्यक्रम शनिबार राजविराजमा आयोजना गरेको छ ।
आयोजित कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले नेपालको सत्ताले मधेशी जनतालाई सधैं धोखा दिदै आएको बताउनुहुँदै २००७ साल देखि २०७३ साल सम्मको संविधान पढेको तर यो संविधान पढ्दा अधिकार थाहै नलागेको जिकिर गर्नुभयो । 
उहाँले सबै नेतालाई राजाकै संज्ञा दिँदै अहिले नेपालमा ज्ञानेन्द्र साह, ओली साह र कमल साहले एउटै भाषा बोलि रहेको आरोप लगाउनुभयो । अहिले मार्गदर्शनको आवश्यकता रहेको बताउँदै उहाँले वर्तमान आन्दोलनमा अंहकारलाई प्mयाँकेर सबैलाई सहयोग गर्नु आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्राध्यापक डा. देवनाथ यादवले अहिलेको समयमा सानो सोचको राजनीतिककर्मीहरु मात्र जन्मिने गरेको बताउँदै अहिले जन्मिने नेताहरु आप्mनो स्वार्थको लागि मात्र राजनैतिक गर्ने गरेको आरोप समेत लगाउनुभयो । 
राजनीतिज्ञ रामरिझन यादवले राजनीतिक सेवा भएपनि अनेकौ पार्टी स्थापना गरी यसलाई व्यापारमा परिणत गरेको बताउनुभयो । निःस्वार्थ राजनैतिक गर्न खुशी लाल मण्डलको उदाहरण दिदै उहाँले मधेशको राजनीतिलाई खुशीलाल पथमा रुपान्तर गर्न सके मात्र मधेशले अधिकार पाउने दाबी गर्नुभयो । यता प्राध्यापक अमरकान्त झाले नेताहरु आफ्नो स्वार्थका लागि मात्रै आन्दोलन गरिरहेको बताउनुभयो । शिक्षक कैलास यादवले पनि नेताहरु आफ्नो स्वार्थसिद्धीका लागि मात्रै राजनीति गरिरहेको आरोप लगाउनुभयो । 
त्यस्तै कार्यक्रममा अधिकांश वक्ताहरुले अहिलेको परिवेशमा लामो सोचको राजनैतिक गर्ने नेताको खाँचो रहेको औल्याउनुभयो । 
समाजका संयोजक सुगम्बर यादवको अध्यक्षतमा सम्पन्न अन्तरक्रियामा विवेकानन्द सिंह, मिथिलेश कुमार यादव, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारीलगायतले बोल्नु भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट