News Category 2073/09/24

बन्ध्याकरण गर्नेको संख्यामा बृद्धि

दैनिक समाचारदाता

   राजविराज÷राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमागथा अंचल अस्पतालमा स्थायी बन्ध्याकरण गर्नेको संख्यामा बृद्धि भएको छ । 
जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको अंचल अस्पतालमा आजभोली
स्थायी बन्ध्याकरण गर्न आउनेको संख्यामा बृद्धि भएको अस्पतालले जनाएको छ ।
अस्पतालको परिवार नियोजन सस्थागत फाँटमा प्रमुख एवम सिनियर अहेव सरिता झाका अनुसार दैनिक ६० देखि ७० जना स्थायी बन्ध्याकरण गराउन महिलाहरु आउने क्रम बढेको छ ।
उहाँले अस्पतालमा एक दिनमा ४० जनासम्म स्थायी बन्ध्याकरण गर्ने लक्ष्य रहे
पनि अहिले अवश्यकता भन्दा बढी बन्ध्याकरण गर्नेहरुको भिड लागेको बताउनभयो ।
खास गरि तराईका जिल्लाहरुमा पुस, माघ र  फागुन महिनामा बढी महिलाहरुले बन्ध्याकरण गर्नाले यत्रो ठूलो संख्यामा बढेको जनाइएको छ । पुस १ गते देखि पुसको तेश्रो साता सम्ममा ४ सय १० जनालाई स्थायी बन्ध्याकरण गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट