News Category 2073/09/24

शंकर माविमा संस्थापक स्व. श्रेष्ठको सालिक अनावरण

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको सर्वाधिक पुरानो मध्ये एक शंकर माध्यमिक विद्यालय रुपनगरका संस्थापक स्व. कुमारलाल श्रेष्ठको शनिवार एक कार्यक्रमबीच विद्यालय प्रांगणमा सालिक अनावरण गरिएको छ । जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले उक्त सालिकको अनावरण गर्नुभएको हो । 
कार्यक्रममा जिशिअ पाण्डेका साथै संस्थापक स्व. श्रेष्ठका छोरा पुर्व डिआईजी प्रेमलाल श्रेष्ठ, डा. रोहित पोखरेल, प्रधानाध्यापक दिगम्वर साह, पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण कुमार देव, शिक्षक युनियन महासंघका अध्यक्ष फुलेश्वर मण्डल, समाजसेवी जितवहादुर श्रेष्ठ लगायतले शिक्षा क्षेत्रमा स्व. श्रेष्ठले गरेको योगदानको बारे चर्चा गर्नुभएको थियो । 
सोही अवसरमा स्व. स्टेफन श्रेष्ठको नाममा आमा नताशा र श्रीमती श्रद्धा श्रेष्ठले विद्यालय अक्षय कोषका लागि १ लाख ११ हजार १ सय १ रुपैयाँको चेक, स्व. वालकुमारी राजवाहकको नाममा नाती गोपाल राजवाहक तथा सागर राजवाहकले विद्यालयका लागि १ लाख ११ हजार १ सय १ रुपैयाँ नगद सहयोग उपलब्ध गराउनुभएको थियो । 
त्यस्तै समद लाकौल र उनकी वहिनी सोमा लाकौलले १ थान कम्प्युटर तथा एलिजा र सविना श्रेष्ठ (दिदी वहिनी) ले संयुक्त रुपमा १ थान ल्यापटक विद्यालयलाई सहयोग गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथी पाण्डेले शिक्षा क्षेत्रमा योगदान पु¥याए वापत जीत वहादुर श्रेष्ठ, लेखनाथ श्रेष्ठ, कौशल्यादेवी दास, प्रकाश दाहाल, सरिता ढकाल तथा स्व. पशुपतिनाथ पोखरेल (मरणोपरान्त) लाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थी, शिक्षकका साथै स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो भने विद्यालयका वालवालिकाहरुवाट सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट