News Category 2073/09/27

गाविस सचिवका केन्द्रीय सल्लाहकारको घरमै चर्पी छैन्

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ पुस । 
गाबिस सचिव हकहित संरक्षण केन्द्र नेपालका केन्द्रिय सल्लाहकार एवं सप्तरीको बनैनियाँ गाबिसका सचिव राम कुमार यादवको घरमा अझै चर्पी छैन । 
सप्तरीको सिम्रहा सिग्यौंन निवासी गाबिस सचिव तथा गाबिस सचिव हकहित संरक्षण केन्द्र नेपालका केन्द्रिय सल्लाहकार यादवको घरमा अझै चर्पी नरहेको तथ्य सो गाबिसमा जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान कार्यक्रम अन्तर्गत फेला परेको हो ।
सिम्रहा सिग्यौंन पुख्र्यौली घर भएका सचिव यादवलाई केही वर्ष अगाडी प्रधानमन्त्री डा.बाबुराम भटराईले राष्ट्रसेवक कर्मचारी ईमान्दारीता पुरस्कारबाट ५० हजार नगद सहित सम्मान समेत हुनुभएको थियो । तर, राष्ट्रसेवक कर्मचारीको अहिलेसम्म आप्mनै घरमा चर्पी छैन भने स्थानीयहरुले कसरी चर्पी बनाउन तर्फ अग्रसर हुन्छन् त ! 
सचिव यादवको पुख्र्यौली गाउँ सिम्रहा सिंग्यौन सहित उहाँ कार्यरत गाबिसहरु जमुनी मधेपुरा र बनैनियाँमा समेत एक घर एक चर्पी निर्माण कार्यक्रम अन्र्तगत खुल्ला दिसा मुक्त अभियान कार्यक्रम संचालनमा रहेपनि सचिव यादवको घरमा अझै चर्पी बनेको छैन ।
यादवलाई केही वर्ष अगाडी सुनौलो हजार दिनका कार्यक्रमबाट चर्पी निर्माणको लागि रिंग लिएपनि सो रिंग अझै उहाँको घरमा त्यत्तिकै अलपत्र अवस्थामा रहेको छ । सचिव जस्तो गरिमामय पदमा बस्नुहुने ब्यक्तिको घरमा अहलिेसम्म चर्पी नहुनुले कसरी आप्mनो गाबिस तथा सप्तरी जिल्ला खुल्ला दिसा मुक्त जिल्ला घोषणा हुने त ?
हुन त सचिव यादव विगत लामो समयदेखि सदरमुकाम राजविराजमै बस्दै आउनुभएको छ, तर पनि सचिव यादव ५ दाजुभाई रहेपनि ती मध्ये ३ जना बाहिर बसेपनि सचिव राम कुमार यादव र भाई राम अवतार यादव एउटै आगनमा बस्दै आएपनि सो घरमा अझै चर्पी छैन । चर्पी नहुँदा सचिवसहित उहाँका घर परिवारका ब्यक्तिहरु समेत बाहिर खुल्ला ठाउँमा दिसा पिसाव गर्दै आएका छन । सचिवका अर्का एक जना भाईको घरमा मात्र अहिलेसम्म चर्पी रहेको छ भने बाँकी २ जना भाई राजविराजमै बस्दै आएपनि अन्य भाईको घरमा समेत अझै चर्पी रहेको छैन । 
सचिव यादव जस्तै जिल्लाका अझै कत्तिपय गाबिस सचिव तथा अन्य सरकारी कर्मचारीहरुको घरमा समेत चर्पी नरहेको अवस्थामा कसरी निर्धारित समयमा सप्तरी जिल्ला खुल्ला दिसा मुक्त जिल्ला घोषणा हुने हो त भन्ने प्रश्न जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति सप्तरीसँग उठिरहेको छ । 
सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिसा मुक्त देश घोषणा गर्ने लक्ष्य नेपाल सरकारले लिएपनि यहाँका अधिकांश सरकारी कर्मचारीहरुकै घरमा अझै चर्पी नहुँदा उक्त लक्ष्यलाई पुरा गर्न अफ्ठ्यारो भइरहेको छ । स्मरण रहोस सप्तरीको ९१ गाबिस मध्ये ३४ गाबिस खुल्ला दिसा मुक्त गाबिस घोषणा भईसकेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट