News Category 2073/09/27

मार्भेल टेकनोप्लाष्टद्वारा उत्पादित सामाग्री अब सप्तरीमा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ पुस । 
मार्भेल टेकनोप्लाष्ट प्रालिले आफ्नो उत्पादनहरुबारे मंगलबार राजविराजमा कार्यक्रमको आयोजना गरि जिल्लाका प्लम्बरहरुलाई जानकारी दिएको छ । 
पाइप तथा घर फिटिङका आवश्यक सम्पूर्ण सामाग्री उत्पादन गर्दै आइरहेको कार्यक्रममा मार्भेल टेकनोप्लाष्ट प्रालिका बजार व्यवस्थापक सुदीप नेपालले जानकारी दिनुभयो । 
कार्यक्रममा अर्का बजार व्यवस्थापक राहुल गुप्ताले बिराटनगरमा अवस्थित प्रालिले विगत सात वर्षदेखी आफ्नो उत्पादनहरु बजारमा ल्याएको र ग्राहकहरुको पहिलो रोजाइमा समेत परेका दाबी गर्नुभयो । 
प्रालिबाट उत्पादन भइरहेको सामाग्रीहरुबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्लम्बरहरुसँगको भेटघाट कार्यक्रममा व्यवस्थापक गुप्ताले सप्तरीका लागि अधिकारिक विक्रेता जय गुरुदेव ट्रेडर्स राजविराज रहेको बताउनुभयो । उहाँले प्रालिद्वारा उत्पादित सामानहरु पूर्वाञ्चलमा ग्राहकहरुको पहिलो रोजाई समेत रहेको बताउँदै सप्तरीमा पनि ग्राहकहरुले सामाग्री मन पराउने दाबी गर्नभुयो ।
प्रालिले फलोगार्ड, प्लस सिपिभिसी पाएप, द लुब्रिजोल करपोरेशन युएसएबाट अन्डर लाइसेन्स सुरु गरेको जनाएको छ । फलोगार्ड प्लसबाट बनेको पाइप तथा फिटिङ सत प्रतिशत लिक प्रुफ किटाणु प्रतिरोधात्मक, पानी पिउनका लागि सुरक्षित, लेउ तथा खिया नलाग्ने आगोबाट सुरक्षित काम गर्नलाई सरल र भरपर्दो टिकाउ रहेको दाबी गर्दै वाइरिङ गर्नका लागि कम्पनीले पाइप उत्पादन पनि गर्दै आइरहेको बजार कार्यकारी रोशन केसीले जानकारी दिनुभयो ।  
यस्तै प्रालिबाट उत्पादित सामाग्रीहरुको मुल्य महँगो नरहेको जिल्लाका आधिकारीक विक्रेताका संचालक सन्तोष भगतले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट