News Category 2073/09/28

आगलागीमा १५ लाख बढीको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ पुस । 
सप्तरीको  बनरझुल्ला गाविस ६ स्थित कन्चिरामा मंगलबार आगलागीबाट चार घर जलेर नष्ट भएको छ ।
सो आगलागिमा अन्दाजी १५ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बेलुका ८ बजेतिर स्थानिय  भोला ठाकुरको घरबाट बिद्युत सट् भई अचानक लागेको आगोले उनको घर तथा नजिकै रहेका बब्लु ठाकुरको घर तथा नगद २५ हजार, विश्वनाथ ठाकुरको घर र रन्जित ठाकुरको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत नष्ट भएको छ । 
आगालागी लहान तथा विराटनगरबाट गएको दमकल, प्रहरी र स्थानिय मानिसहरुको प्रयासमा राती १० बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट