News Category 2073/09/28

देशैभरिको रथयात्रा पुरा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ पुस । 
राष्ट्रिय शान्ति मानव कल्याण मेची–महाकाली रथयात्रा देशैभरिको यात्रा पुरा गरेको छ ।
नेपालमै पहिलो पटक हुन लागेको लक्षचण्डी रुद्र महायज्ञको क्रममा निकालिएको यात्रा नेपालको विभिन्न ७३ जिल्लाको भ्रमण पुरा गरेको हो । 
सप्तरीको छिन्नमस्ता सखडेश्वरी शक्ति–पीठ सखडाबाट गत असार ३० गते सो रथयात्रा निकालिएको थियो । मनाङ्ग र अन्य एक जिल्लामा रथ जान नसक्ने अवस्था रहेकोले बुधवार राती ९ बजे वीरगञ्ज नाका हुँदै औपचारिक रुपमा भारतको दरभङ्गा प्रस्थान गर्न लागेको छ । 
विभिन्न जिल्लाको भ्रमण पश्चात बुधवार नवलपरासीको त्रिवेणी सागरमा स्नान तथा पूजाआजा गरिएको शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।
भारतको बिहार राज्य अन्तरगत दरभङ्गास्थित श्यामा देवी माई मन्दिरमा करिब एक साता विश्राम गरी आवश्यक तयारी गरी विधिवत पूजाआजा पश्चात विहारको विभिन्न जिल्लाकालागि प्रस्थान गरिने तथा बिहार राज्यको ३८ वटै जिल्लाको भ्रमण गरेर रथ एक साताअघि यज्ञस्थलमा फर्कने कार्यक्रम रहेको पीठाधीश ठाकुरले जानकारी दिनुभयो ।
प्रसिद्ध शक्तिपीठ छिन्नमस्तामा २०७३ चैत १६ गतेदेखि नेपालमै पहिलो पटक लक्षचण्डी रुद्र महायज्ञ आयोजना हुन लागेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट