News Category 2073/09/28

तिलाठी अग्निीपीडित अब्दुललाई राहत प्रदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ पुस । 
सप्तरीको तिलाठी ९ स्थित अग्निपीडित परिवारलाई बुधबार धर्मीअल्फा महिला विकास क्लबले राहत बितरण गरेको छ । 
सो क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले मो. अब्दुलका परिवारलाई राहत स्वरुप त्रिपाल एक थान, साडी एक थान, धोती एक थान, झुल एक थान, बेडसिट दुई थान, थाल पाँच थान, ग्लास पाँच थान, कराही एक थान, डेक्ची एक थान र कम्बल एक थान प्रदान गर्नुभयो । 
सो अवसरमा अध्यक्ष यादव र प्रहरी चौकी तिलाठीका असई रामकुमार यादवले मो. अब्दुललाई सो राहत प्रदान गर्नुभयो । 
यसअघि सप्तरीको तिलाठी गाबिस ९ स्थित शुक्रबार बिहान आगलागी हुँदा करिब ७ लाखको क्षति भएको थियो । विद्युत सर्ट भइ अचानक लागेको आगोले स्थानीय मो. अब्दुल मियाको घर, ग्वाली तथा भान्सा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घर भित्र भएको लताकपडा, धान, गहुँ, अन्नपात, सुनचाँदी र अन्य सामान समेत जलेर अन्दाजी मुल्य ७ लाख मुल्य बराबरको क्षति भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट